नयाँ संक्रमितमध्ये काठमाडौं बाहेक बारा र रुपन्देहीका सबैभन्दा धेरै
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्य काठमाडौंमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् भने बारा र रुपन्देहीमा पनि ठुलो संख्यामा संक्रमित भेटिएका छन् ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप एक हजार २२१ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ जना पुगेको छ ।
आइबार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार ८२२ उपचारपछि निको भएका छन् ।
आज कुन जिल्लामा कति संक्रमित थपिए ?
आज (आइतबार) प्रदेश–१ को इलाममा १, ओखलढुंगामा ४, झापामा ११, पाँचथरमा १, मोरङमा ४९, संखुवासभामा २ र सुनसरीमा ३३ जनामा कोरोना भेटिएको छ ।
प्रदेश–२ को धनुषाका ७५, पर्साका ४६, बाराका ८२, महोत्तरीका ३७, सप्तरीका ६, सर्लाहीका ३४ र सिरहाका २६ जनामा कोरोना पुष्टि भएको छ ।
बागमती प्रदेशको काठमाडौंका ३७२, काभ्रेका २५, चितवनका ९०, धादिङमा ३, भक्तपुरका ४५, ललितपुरका १२, मकवानपुरका ९, रामेछापमा १, सिन्धुपाल्चोकका २ र सिन्धुलीमा ५ जनामा कोरोना पाइएको मन्त्रालले जानकारी दिएको छ ।
गण्डकी प्रदेशमा गरिएको परीक्षणमा कास्कीका ५, गोरखामा ५, तनहुँमा ४, नवलपरासी पूर्वका २ र बाग्लुङमा ३ जनामा कोरोना भेटिएको छ ।
प्रदेश–५ को अर्घखाचीमा ३, कपिलवस्तुमा २५, गुल्मीमा ६, दाङमा ५, नलवपरासीमा २१, पाल्पामा ८, प्युठानमा ५, बर्दियामा ६, बाँकेमा १४ र रुपन्देहीमा ६१ जनामा कोरोना भटिएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
यस्तै कर्णाली प्रदेशकोर सुर्खेतमा २, सुदूरपश्चिम प्रदेशको अछाम ८, कञ्चनपुरमा १, कैलालीमा ६, डोटीमा ११, दार्चुलामा २, बझाङमा ४७ जनामा कोराना भेटिएको मन्त्रालयले जनाएको छ ।