वन्यजन्तुको मासुमा कडा प्रतिबन्ध लगाउन डब्लूएचओको आग्रह
एजेन्सी- बन्यजन्तुको मासु खतरनाक भएको चर्चा चलेकै बेला विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले वन्यजन्तुको मासुको व्यापारमाथि प्रतिबन्ध ;लगाउन आग्रह गरेको छ ।
डब्लूएचओका महानिर्देशक डा. टेड्रो अदानम गेब्रियससले सबै मुलुकसँग वन्यजन्तुको मासुमा कडा प्रतिबन्ध लगाउन अपिल गरेका हुन्।
कोभिड-१९ को महामारी थप फैलिन नदिन त्यस्तो प्रतिबन्ध अत्यावश्यक भएको डब्लूएचओका महानिर्देशक डा. टेड्रोले बताए।
कोरोना भाइरसको संक्रमण चीनको वुहानस्थित सी फुड बजारबाट शुरु भएको मानिन्छ।
भोजनको स्वच्छता र सबै मापदण्ड पालना भएको यकिन गरेर मात्र जीवित जनावरको व्यापार हुने बजारहरू खुल्न दिनुपर्नेमा पनि उनले जोड दिए।
‘महामारीको रूप लिएका भाइरसमध्ये ७० प्रतिशत जनावरबाटै आएका छन्,’ उनले भने।