बाँके जिल्लामा लकडाउन घोषणा - Himal Post Himal Post
  • १६ असार २०८३, मंगलवार
  •      Tue Jun 30 2026
Logo

बाँके जिल्लामा लकडाउन घोषणा



बाँके- बाँकेमा वैशाख ९ गतेदेखि लकडाउन घोषणा गर्ने निर्णय भएको छ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख ९ गतेदेखि एक सातासम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो।

‘सातायता संक्रमण उच्च भएको छ, यसलाई रोकथाम गर्न लकडाउन गर्नुको विकल्प छैन,’ प्रमुख जिल्लाअधिकारी शिवराम गेलालले भने, ‘पहिलो चरणमा एक हप्ता मात्रै लकडाउन हुन्छ।’

पछिल्लो समय बाँकेमा कोरोना संक्रमण बढ्दै गएको छ।