बाँकेमा पनि जनप्रतिनिधिलाई कोरोना संक्रमण
बाँके – बाँकेमा एक जना वडाध्यक्षलाई कोरोना भाइरसको संक्रमण भएको छ । राप्ती सोनारी गाउँपालिकाका ४४ वर्षीय वडाध्यक्षलाई संक्रमण पुष्टि भएको हो।
भारत गएकाहरुलाई सीमामा पुगेर गाडी चढाउने वडाध्यक्षलाई कोरोना संक्रमण भएको हो । उनी रुपैडिहा नाकामा गएर मानिसलाई बस चढाएर घरसम्म ल्याएका थिए ।
उनले जेठ ७ गते भारतबाट आएका २७ जनालाई आफैं गाडी चलाएर घरसम्म ल्याएका थिए ।
उनी अहिले वडाले निर्माण गरेको आइसोलेसनमा बसिरहेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पिर त मेरा जनताको स्वास्थ्यको छ । भगवानसँग प्रार्थना गर्छु कसैलाई पनि केही नहोस् ।’