वामदेवले खोजे जनयुद्धमा मारिएका एमाले कार्यकर्ताको हिसाव
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले १० वर्षे युद्धमा मारिएका पूर्वएमालेका कार्यकर्ताको लेखाजोखा हुनुपर्ने बताएका छन्।
गौतमले जनयुद्धमा मारिएका तीन सयभन्दा बढी कार्यकर्ताको लेखाजोखा हुनुपर्ने बताएका हुन् ।
‘जनयुद्ध दिवस’ को अवसरमा धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा नेकपाद्वारा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै नेता गौतमले अहिले प्राप्त लोकतान्त्रिक उपलब्धि र राजनीतिक परिवर्तनमा माओवादी सशस्त्र युद्ध र जनआन्दोलनको भूमिकाको स्मरण गरे।
“हामीले जनयुद्ध दिवस मनाउँदै गर्दा पूर्व एमालेका तीन सयभन्दा बढी कार्यकर्ताले रगत बगाएका छ्न्”, उनले भने, “त्यसको लेखाजोखा हुनु जरुरी छ। गल्ती र कमजोरी सुधारेर हामी अघि बढ्ने छौँ।”
नेता गौतमले सामन्तवाद अन्त्य भइसकेको भन्दै अब समाजवाद निर्माणको अभियानमा लाग्ने बताए।