चुनाव हारेका वामदेवलाई चिट्ठा - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

चुनाव हारेका वामदेवलाई चिट्ठा



काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम अन्ततः राष्ट्रियसभाका सदस्य बन्ने भएका छन्।

उनलाई राष्ट्रियसभाको सदस्यमा मनोनित गर्न नेकपाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने छ ।

नेकपाको बुधबारकाे केन्द्रीय सचिवालय बैठकले वामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनयका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनयन गर्ने छिन्। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार गौतमलाई पठाउने निर्णय भएको हो ।

५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट ३ जना मनोनीत हुने व्यवस्था छ। राष्ट्रपतिबाट मनोनीत भएका युवराज खतिवडाको कार्यकाल यही फागुन २० गतेदेखि सकिन लागेकाे छ ।

खतिवडाको दुई वर्षे कार्यअवधि सकिएपछि त्यस स्थानमा गौतमलाई लगिन थालिएको हो।

यसअघि उनले आफू प्रधानमन्त्री बन्ने बाटो खोलिदिए मात्रै सभाको सदस्य बन्ने अडान लिँदै आएका थिए।

तर त्यसको चौतर्फी विरोध भएपछि सभाको सदस्य मात्रै बन्न गौतम राजी भएका हुन्।