वामदेवलाई प्रधानमन्त्री बनाउने तयारी - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

वामदेवलाई प्रधानमन्त्री बनाउने तयारी



काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र गुटगत बिबाद भैरहेकै बेला प्रधानमन्त्री ओलीको चाहना बिपरित पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बन्ने बाटो खोल्ने पहल थालिएको छ।

नेकपाले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनका लागि समिति बनाएको छ ।

शनिबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

उक्त समितिमा खिमलाल देवकोटा र सुवासचन्द्र नेम्वाङ सदस्य रहेका छन्।

यसअघि नेकपा उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्रियसभा सदस्य मनोनीत गर्ने हो भने पहिले राष्ट्रिय सभा सदस्य पनि प्रतिनिधिसभा सदस्य जस्तै प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने माग राखेका थिए।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन गर्न गृहकार्यका लागि नेता नेपालको संयोजकत्वमा समिति बनाउने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री ओलीले नै यसअघि गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने प्रस्ताव गर्दा उनले प्रधानमन्त्री बन्ने बाटो नखुलेसम्म आफू राष्ट्रिय सभामा नजाने अडान राखेका थिए ।

प्रधानमन्त्रीले भने त्यस्तो बाटो खोल्न नसकिने बताएका थिए ।