एकताको हलो अध्यक्षमै अड्कियो, अन्तिम प्रयत्नमा प्रचण्ड - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

एकताको हलो अध्यक्षमै अड्कियो, अन्तिम प्रयत्नमा प्रचण्ड



एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार ३ घण्टा लामो  ‘वान टु वान’ वार्ता गरे।  सो छलफलमा दुवै नेता एकीकृत पार्टीमा नेतृत्वको मोडालिटी र नयाँ सरकार गठनमा सहमतिको नजिक पुगेका बताईए पनि त्यो गलत प्रचार भएको एमाओवादीका एक नेताले बताए ।

भोलि पनि ओली र प्रचण्डबीच भेटवार्ता हुनेछ । दुई नेताबीच सहमति भए मात्र पर्सी पार्टी एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता हुने सन्देश दिने तयारी छ ।

माओवादीले ओली प्रधानमन्त्री र प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष हुने सहमति भएको दाबी गर्दै आएको छ । तर, ओली तत्काल अध्यक्ष पद हस्तान्तरण गर्ने पक्षमा देखिएका छैनन् ।

पछिल्लो पटक एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष दिने र महासचिव एमालेले राख्ने प्रस्ताव अघि सारेका छन् । ०४७ मा माले र मार्क्सवादी एकीकरण गर्दा जस्तो सेरेमोनियल अध्यक्ष र शक्तिशाली महासचिव बनाउने उनको प्रस्ताव छ ।

ओली र प्रचण्ड दुई सहअध्यक्ष बन्ने प्रस्ताव  (संक्रमणकालका लागि संयुक्त नेतृत्वको व्यवस्था) पनि छलफलमा छ । एकीकृत पार्टीमा तत्काल प्रचण्ड वा ओलीको एकल नेतृत्व सम्भव नभएको भन्दै स्रोतले भन्यो, यसकै छेउछाउ त्यतातिर पो जानुपर्छ कि भन्ने छ ।’

माओवादीले सरकार गठन अगाडी पार्टी एकता गर्ने पहल गर्दै छ, यदि एकता भएन भने पनि कमसेकम मोडालिटी र नेतृत्वको बिषय टुंग्याउने पहल गर्दै छ । यदि एमालेले  पेलेर यो हुन नदिएमा वा सरकार गठन पश्चात गर्ने भन्ने चाल चल्यो भने प्रचण्डले चितवनबाट भनेजस्तै जस्तो कदम पनि चाल्न पछी नपर्ने तयारी रहेको माओवादी श्रोतले जनायो ।