अपडेट: भारतमा भेटिए घाँस काट्न जाँदा हराएका सात बालिका - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

अपडेट: भारतमा भेटिए घाँस काट्न जाँदा हराएका सात बालिका



काठमाडौं- घाँस काट्न जाँदा बेपत्ता भएका सात बालिका–किशोरी भारतको सीतामढीमा भेटिएका छन् । महोत्तरीको भंगहा नगरपालिका–८, धरमपुरमा मंगलबार घाँस काट्न जाँदा हराइरहेका ७ बालिका÷किशोरी फेला परेका छन्।

भंगहा नगरपालिकाकाका मेयर सञ्जीव साहका अनुसार उनीहरूको भारतको सीतामढीमा फेला परेका हुन्। अहिले उनीहरूलाई त्यहाँको रेलवेस्टेसनबाट घरतर्फ ल्याइँदै गरिएको बताइएको छ।

महोत्तरीको भंगहा नगरपालिका ८ धरमपुरका सात दलित बालिका–किशोरी बेपत्ता भएका छन् । मंगलबार बिहान घाँस काट्न एकसाथ खेततिर गएका ५ बालिका र २ किशोरी बेपत्ता भएका हुन् ।

भंगहाका नगरपालिका प्रमुख सन्जीव साहका अनुसार ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान बेपत्ता भएका हुन् ।