कान्तिपुरका वरिष्ठ पत्रकार बलराम बानियाँ तीन दिनदेखि बेपत्ता
काठमाडौं । कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ तीन दिनदेखि बेपत्ता भएका छन् ।
उनी तीन दिनदेखि बेपत्ता भएको भन्दै कान्तिपुर दैनिकका तर्फबाट उजुरी परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
उनले प्रहरीले अनुसन्धान गरिररहेको बताए । बानियाँ परिवारका सदस्यले अपराध महाशाखालाई पनि हराएकोबारे जानकारी दिएका छन् ।
स्थायी घर तनहुँ भएका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए ।
उनको परिवारले पनि खोजतलासको निवेदन दिन परिसर पुगेका थिए। तर परिवारलाई महानगरीय अपराध महाशाखामा पठाइएको छ।