चैत २३ गतेसम्मका लागि स्थगित भयो संसद - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

चैत २३ गतेसम्मका लागि स्थगित भयो संसद



काठमाडौँ- प्रतिनिधि सभाको बैठक चैत २३ गतेसम्मका लागि स्थगित भएको छ । सोमबार दिउँसो १ बजे उक्त बैठक बस्ने तय भएको हो ।

बुधबारको बैठकमा विभिन्न दलका सांसदहरूले विशेष समय र शून्य समयमा विविध विषयको उठान गरेका थिए। साथै बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन र विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदनसमेत सदनमा पेस भएको छ ।

अन्त्यमा संविधान सभा सदस्य नवीन्द्रराज जोशी र लक्ष्मी देवी भण्डारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो ।