बैठक सकियो: विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

बैठक सकियो: विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस



काठमाडौं- संवैधानिक परिषदको बैठक सकिएको छ । बालुवाटारमा आज बसेको बैठकले लोक सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको छ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार संवैधानिक परिषद्को बैठकले रिक्त विभिन्न आयोगका पदमा नियुक्तिका लागि सिफारिस गरेको छ।

मंसिर ३० गते जारी भएको अध्यादेशबाट दोस्रोपटक संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरिएको हो।

लोक सेवा आयोगमा मा अध्यक्षसहित सबै पदाधिकारी र अख्तियारमा दुई आयुक्त रिक्त छन्। यस्तै, महिला आयोग, वित्त आयोग, दलित आयोग लगायतका संवैधानिक निकायमा केही पद रिक्त छन्।

तिमिल्सिनाका अनुसार परिषद्ले सिफारिस गरेका नाम केहीबेरमा सार्वजनिक गरिनेछ।