नेकपाको स्थायी कमिटी बैठक बुधबार बोलाइयो - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

नेकपाको स्थायी कमिटी बैठक बुधबार बोलाइयो



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको एक स्थायी कमिटी सदस्यले बताए ।

स्थायी कमिटी बैठक बोलाउन भन्दै निकै समय नेताहरूले पहल गरेका थिए । नेकपामा देखिएको पछिल्लो विवाद समाधानका लागि यसअघि बैठक बोलाइए पनि एजेन्डा तयार गर्न बसेको सचिवालय बैठकबाट प्रधानमन्त्री ओली बिचैमा हिडेपछि रोकिएको थियो ।

प्रधानमन्त्री ओलीले दल फुटाउन सहज हुनेगरी अध्यादेश ल्याएपछि नेकपामा विवाद चुलिएको छ ।