बागलुङबाट पर्सा पुगेका थिए १४ संक्रमित
काठमाडौं- पर्सा जिल्लामा भेटिएका मंगलबार पुष्टि भएका केहि संक्रमित बाग्लुङ जिल्लाबाट पर्सा पुगेको खुलेको छ । आज भेटिएका ३९ कोरोना सङ्क्रमित मध्ये १४ जना बागलुङबाट त्यहाँ पुगेका थिए ।
बाग्लुङदेखि हिडेका उनीहरू सहित केहि व्यक्ति बाटोमै अलपत्र परेका र जिल्ला प्रशासनको समन्वयमा पर्सा पठाइएको थियो
१३ गते पर्सा पुगेका बसमा ४२ जना थिए । उनीहरुमध्ये ६ जना भारतीय नागरिक थिए भने ५ जना जगन्नाथ र २ जना धोविनी गाउँपालिकाका थिए । तर जगन्नाथ र धोविनीले आफ्ना नागरिकलाई लगेन ।
क्वारेन्टाइनमा भएका ६२ जनाको थ्रोट स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । त्यसमध्ये १४ जनाको पाजेटिभ आयो । अब उनीहरुलाई नारायणी अस्पतालको आइसोलसनमा पठाउने तयारी भइरहेको छ ।
गाउँपालिका प्रमुख गुप्ताका अनुसार बाग्लुङबाट बस चढेर आएका ४२ जना व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने बेलामा नै १ जनामा उच्च ज्वरो देखिएको थियो ।
रोजगारीका लागि बागलुङ पुगेका उनीहरु लकडाउनका कारण समस्यामा परेपछि फर्किएका थिए ।