खुसीको खबर: बागलुङकी ६५ वर्षीया बृद्धाले कोरोनालाई पराजित गरिन - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

खुसीको खबर: बागलुङकी ६५ वर्षीया बृद्धाले कोरोनालाई पराजित गरिन



बागुलुङ- कोरोना भाइरसको त्रास छाइरहेको वेला बागलुङबाट भने खुशीको खबर छ। दुई सातादेखि अस्पतालमा रहेकी ६५ वर्षीया बृद्धाले लगभग कोरोनालाई पराजित गरेकी छन्।

कोरोनाबाट सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया बृद्धाको तेस्रो पटक जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको छ अर्थात कोरोना देखिएको छैन।

बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी उनलाई कोरोना देखिएको थियो। उनलाई कोरोना संक्रमण भएको गत चैत २० गते पुष्टि भएको थियो।

त्यसयता उनी बागलुङस्थित धवलागिरि अञ्चल अस्पतालमा उपचार गराइरहेकी छिन्। उनको स्वास्थ्य सामान्य रहेको रिपोर्ट पनि नेगेटिभ आएको धवलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र बी पोखरेलले बताए।

उनले थप परीक्षणका लागि काठमाडौं पठाएको बताए। “उहाँको तेस्रो जाँचमा नेगेटिभ नतिजा आएको छ, थप जाँचका लागि स्वाबको नमूना पोखरा पठाउँछौँ,” डा.पोखरेलले भने, “अर्को रिर्पोट पनि नेगेटिभ आए डिस्चार्ज गर्छौँ।”

उनी १५ दिनदेखि अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको पोखरेलले बताए।

उनलाई उच्च रक्तचाप र दमको समस्या छ। अलिहे उच्च रक्तचाप र दमको मात्र औषधि चलाइरहेको डा.पोखरेलले बताए।

उनीसँगै बेल्जियमबाट फर्किएकी अर्की सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीको भने चौथो जाँचको रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालले जनाएको छ।

पोजेटिभ रिपोर्टसँगै युवतीको अस्पतालको बसाइ लम्बिएको छ।