बाग्लुङमै भेटिइन अर्की कोरोना संक्रमित - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

बाग्लुङमै भेटिइन अर्की कोरोना संक्रमित



काठमाडौं- बाग्लुङ जिल्लामै अर्की कोरोना संक्रमित भेटिएकी छन् । उनि कोरोना भाइरस (कोभिड-१९) की छैठौं संक्रमित हुन् ।

यसअघि बाग्लुङकै १९ वर्षीय युवतीमा पनि कोरोना संक्रमण देखिएको थियो। उनीहरू दुबै जना गत चैत ४ गते एउटै जहाजमा बेल्जियमबाट दोहा हुँदै काठमाडौं आएका थिए।

बाग्लुङ गौंडाकोटकी ती ६४ वर्षीया महिला यसअघि कोरोना देखिएकी युवतीकी नातेदार हुन्।

उनीहरू नातेदार भएको पुष्टि भएको छ । संक्रमित युवतीकी दिदी-बहिनी कसैको बिहे आज संक्रमण पुष्टि भएकी महिलाका जेठा छोरासँग भएको आफन्तले बताएका छन् ।

बाग्लुङका मेयरले बताए अनुसार अहिले ती संक्रमित महिलाको अवस्था सामान्य रहेको र उनी होम क्वारेन्टाइनमा बसेकी छन् ।

संक्रमित महिलालाई अस्पताल ल्याउनको लागि छलफल चलिरहेको मेयरले बताए । संक्रमितलाई धौलागिरी अस्पतालमा भर्ना गरिने तयारी भइरहेको छ। अर्की संक्रमित युवती पनि सोही अस्पतालमा उपचाररत छिन्।

गत चैत ४ गते कतार एअरको क्युआर ६५२ जहाजमै आएका काठमाडौंकी १९ वर्षीया युवतीलाई पनि कोरोना संक्रमण देखिएको थियो।

उनी फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी थिइन्। हाल उनको टेकु अस्पतालमा उपचार भइरहेको छ।