बादलले बैठक डाकेर दिए तत्काल कारबाही गर्न निर्देशन
काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय सीमा नाकामा बडाइ गर्न निर्देशन दिएका छन् ।
मन्त्री बादलले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्नका लागि सीमा नाकामा कडाइ गर्न निर्देशन दिएका हुन् ।
मन्त्री बादलले कालोकजारी गर्नेमाथि तत्काल कारबाही गर्न पनि निर्देशन दिएका छन् ।
शुक्रबार गृह मन्त्रालयमा मातहतका निकायसँगको छलफलमा मन्त्री बादलले सीमा नाकामा निरीक्षण बढाउन निर्देशन दिए ।
उनले सीमा नाकामा कोरोना परीक्षणमा कडाइ गर्न प्रहरीलाई निर्देशन दिएका छन् । भारतसँगको सीमामा आउजाउ गर्नेलाई कोरोना भाइरसको लक्षण नरहेको भनी फर्म भराउने तयारी सरकारको छ ।
गृहमन्त्रीले निगरानी बढाउन र बिओपिलाई पनि सक्रिय बनाउनका लागि जनचेतना बढाउन र कालोबजारी बढ्न लागेको खबर आइरहेकाले जिल्ला प्रशासन कार्यालय र प्रहरीले निगरानी बढाउन र कारबाही गर्न निर्देशन दिएका छन् ।
बैठकमा गृह सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका उपरथी प्रभुराम शर्मा, स्वास्थ्य मन्त्रालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।
बैठकका निर्णयहरू:
कोरोना भाइरस (कोभिड(१९) को रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको कार्यमा समन्वय गर्ने निर्णय गरियो ।
कोरोना भाइरस (कोभिड(१९) को रोकथाम तथा नियन्त्रणका साथै सो बाट प्रभावित हुन सक्ने सम्भावना, सो को लक्षणहरु साथै त्यसबाट पर्ने प्रभाव र सो बाट सुरक्षीत हुन अपनाउनुपर्ने सावधानीलगायतका विषयवस्तुको बारेमा छलफल गरियो ।
कोरोना भाइरस (कोभिड–१९) को प्रभाव न्यूनिकरण गर्न पूर्वतयारी स्थितिमा रहने, देशको सीमा नाकाहरुमार्फत आवतजावत गर्नेहरुमाथी सुरक्षाकर्मीले थप निगरानी बढाउने तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा परीक्षण गर्न सहयोग गर्ने, र जनमानसमा कोरोना भाइरससम्बन्धी जनचेतना बढाउन सूचनाहरु सम्प्रेषण गर्ने निर्णय गरियो ।
दैनिक रूपमा आवश्यक पर्ने अत्यावश्यक सामाग्रीको आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्ने साथै महङ्गी तथा कालोबजारीको नियन्त्रण गर्न बजार अनुगमन गर्ने निर्णय गरियो ।