बाबुरामको प्रतिक्रिया: ओली अहंकार र अल्पज्ञानको ककटेल हुन्, कहिल्लै सुध्रिन्नन - Himal Post Himal Post
  • १४ माघ २०८१, सोमबार
  •      Mon Jan 27 2025
Logo

बाबुरामको प्रतिक्रिया: ओली अहंकार र अल्पज्ञानको ककटेल हुन्, कहिल्लै सुध्रिन्नन



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओली अहंकारी र अल्पज्ञानी भएको र कहिल्लै नसुध्रिने बताएका छन् । सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीले सम्बोधन गरेपछि उनले यस्तो बताएका हुन् ।

भट्टराईले प्रधानमन्त्री ओलीको तीन घन्टाको सुनेर उनि सच्चिने कुनैपनि छाँट नदेखिएको बताएका छन् । उनले भनेका छन् ‘प्रधानमन्त्री ओलीको ३ घण्टाको स्पष्टीकरण सुन्दा वहाँमा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन।’

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले ओलीको अल्पज्ञान र अहंकार त्यहाँ छचल्किएको समेत बताएका छन् । कोरोना, राष्ट्रियता, लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल ओलिभित्र देखिएको उनले टिप्पणी गरेका छन् ।

भट्टराईले अबका दिनमा ओलीले लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझेको समेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘ कोरोना, राष्ट्रियता, लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो । लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो ।’

यस्ती छ उनको ट्वीट

प्रधानमन्त्री केपी शर्मा ओलीको ३ घण्टाको स्पष्टीकरण सुन्दा वहाँमा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन। कोरोना, राष्ट्रियता, लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो । लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो !