जुन जोगी आएपनि उस्तै : युवराज खतिवडाले ज्वाईलाई मन्त्रालय ताने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जुन जोगी आएपनि उस्तै : युवराज खतिवडाले ज्वाईलाई मन्त्रालय ताने



काठमाडौं-

जनताले आशा गरेका अर्थमन्त्रीले पारा देखाउन सुरु गरेका छन् ।अर्थमन्त्री युवराज खतिवडाले राष्ट्र बैंकमा कार्यरत ज्वाई डा.रामशरण खरेललाई मन्त्रालय तानेका छन् ।

अर्थमन्त्रीका ज्वाई नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका उपनिर्देशक पदमा कार्यरत थिए । अब अर्थमन्त्रीका विशेष सहयोगीका रुपमा अर्थमन्त्रालय हाजिर भएका छन् ।

आफन्त नभएसम्म काम गर्न ओलीका यी होनहार अर्थमन्त्री युवराज खतिवडालाई पनि गाह्रै पर्ने देखियो ।

युवराज खतिवडा गभर्नर भएका बेलामा आफ्ना यिनै ज्वाईलाई कनिष्ठ भए पनि अन्तर्राष्ट्रिय मुद्रा कोषको आकर्षक तलव पाइने स्थानमा पठाएका थिए ।

पूर्व प्रधानमन्त्रीले सालालाई र अर्थमन्त्रीले ज्वाइलाई काखी च्यापेर चल्नुपर्ने स्थिति देखेपछि अरु मन्त्रीले पनि त त्यसै गर्ने होलान् ?

भ्रष्टाचारीलाई टपक्क टिपेर फाल्छु भन्ने प्रधानमन्त्री ओलीजी, यो चाहिं भ्रष्टाचार होइन हगी ?