अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाद्वारा असाह्य बालबालिकालाई आर्थिक सहयोग - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

अर्घाखाँची सम्पर्क मंच दक्षिण कोरियाद्वारा असाह्य बालबालिकालाई आर्थिक सहयोग



केशव पोखरेल / दक्षिण कोरिया

परोपकारि कार्यमा सदैव अग्रसर संस्था अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले असाह्य बालबालिकालाई आर्थिक सहयोग गरेको छ ।

अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा न १ मा गरिबीका कारण केही समय अघि बाबु भबिश्वर पोख्रेलले भारतमा आत्महत्या गरेका र आमाले अर्कै सँग विवाह गरेर गएपछि बिचल्लीमा परेका तीन बालबालिकालाई मन्चले सहयोग गरेको हो ।

अर्घाखाँची सम्पर्क मन्चले कोरियामा सहयोग अभियान चलाएर उक्त अभियान बाट संकलित ने रु ७४000(चौहत्तर हजार)  एक कार्यक्रमका बिच ती बालबालिकालाई हस्तान्तरण गरियो ।मन्चका सहकाेषाध्यक्ष टिकाराम पोखरेलको संयोजकत्वमा उक्त रकम सङ्कलन गरिएको थियो ।बालबालिकालाई केही समयको लागि भए पनि लालनपालन एवं शिक्षा दीक्षामा सहयोग पुगोस् भन्ने हेतुले सहयोग गरिएको मन्चका सहकाेषाध्यक्ष टिकाराम पोखरेलले जानकारी दिए ।उक्त आर्थिक सहयोग ग्रहण गर्दै बालबालिकाका हजुरबुवा यमनारायण पोख्रेलले भने “छोरोको मृत्यु भयो बुहारी अर्कैसँग हिडीं अनि नातिनातिनाको बिचल्ली भयो र सहयोग का लागि आग्रह गरेका थियौ, सही अनुरूप अर्घाखाँची सम्पर्क मन्चका बाबुहरूले सहयोग जुटाई पठाउनु भएछ, उहाँहरूलाई मुरी मुरी धन्याबाद छ ।”

‘हामीले आर्थिक स्थिति कमजोर भएर उपचार गर्न नसकेका र असाह्य हरूलाई पहिले देखि नै सहयोग गरिरहेका छौ त्यही कार्यलाई अहिले पनि निरन्तरता दिएका हौँ । ‘ मन्चका अध्यक्ष दिनामनि पौडेलले भने ।उनले थपे केही दिन पहिले पनि मृगौला पीडित जलजला परिवारलाई पनि आर्थिक सहयोग गरेका थियौ । असाह्य बालबालिकालाई सहयोग गर्ने सम्पूर्ण कोरियाबासि नेपालीहरूलाई समेत मन्चले धन्याबाद ज्ञापन गरेको छ ।

 

उक्त आर्थिक सहयोह अभियानमा सहभागी हुनेहरुको नाम क्रमशः:(रकम कोरियन वनमा)

१- दिनामनि पौडेल पाणिनि -२१000
२-फर्सू पौडेल छत्रदेब ६- २१000
३-कृष्ण खनाल मालारानि ३-१५000
४-टिकाराम पोखरेल मालारानि ३-३१000

५-भरत पाण्डे छत्रदेब १५000
६-मनोज बेल्बासे भूमिकास्थान १५000
७-युवराज मरासिनि भूमिकास्थान९-१0000
८-टङ्क भूसाल मालारानि ६- १0000
९-जगत् बोहरा महेन्द्रनगर – १0000
१०-प्रवीण बोहरा महेन्द्रनगर – १0000
११- विनोद खनाल मालारानी ३- २१000
१२-हेमराज पोखरेल मालारानी३-१५000

१३-सुन्दर पन्थि सन्धिखर्क ३-१५000
१४-दीपक खनाल मालारानि ३-११000
१५- भेषराज पोखरेल मालारानि ३ २१000
१६-मिनराज पोख्रेल सितगंगा ६-१५000
१७-बाबुराम पोखरेल मालारानि ३-१५000
१८-बाल मल्ल पाणिनि- १0000
१९-प्रवेश रायमाझि मालारानि २-२0000

२०-प्रकाश बेल्बासे भूमिकास्थान १५000
२१-भागिरथ खनाल मालारानि ३-१५000
२२- टोमलाल खनाल मालारानि ३- १0000
२३-यज्ञ पोखरेल मालारानि ३-१५000
२४ -राज खनाल मालारानि ९-१५000
२५-ज्ञानु झाँक्री गुल्मी- २२000
२६-केशव पोखरेल मालारानि ३-१५000

२७-दिपकराज बन्जाडे सन्धिखर्क १०-१५000
२८-गोविन्द खनाल सितगंगा २ -१५000
२९-हरिश विष्ट पाटन न. पा. बैतडी-१५000
३०-लेखनाथ पोख्रेल सन्धिखर्क न पा २-१0000
३१-नारायण बेल्बासे। -११000
३२-पूकार शाहा छत्रदेब -२0000
३३-बैरागि माइला छत्रदेब-५0000
३४-श्रिधर घिमिरे भूभिकास्थान -१५000
३५-अक्षयकूमार रेग्मी कोहलपूर बाँके -१0000

३६-पुष्कर पौडेल सन्धिखर्क १- १0000
३७-कून्ज मणि थापा गुल्मी – २0000
३८-पीताम्बर फूल्लेल छत्रदेब ८- ३0000
३९-भीम राना दाङ – १0000
४०-खगेन्द्र गुरुङ लम्जूङ – १0000
४१-चमन थापा दाङ। -१0000
४२-अमृत तामाङ धादिङ-१५000
४३-माधव खनाल मालारानि ९ १0000
४४-बाबुराम आचार्य सन्धिखर्क- १५000
४५-लिलामणि भट्टर्ई पाणीनि४ पटौटि -१0000
४६.युवराज पाण्डे छत्रदेव- १५000

४७-शनम पौडेल छत्रदेव-१0000
४८-प्रकाश पोख्रेल भूमिकास्थान -१0000
४९-उदय शर्मा भूमिकास्थान -१५000
५०-शोभाखेर पाण्डे छत्रदेब – १0000
५१-चेतनारायण भट्टराई सन्धिखर्क १0- २0000
५२ -पाबेल खड्का सन्धिखर्क -२0000