अर्घाखाँचीमा पहिलोपटक भेटीए दुई जना कोरोना संक्रमित
बुटवल- अर्घाखाँची जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । हालसम्म कोरोना संक्रमण नदेखिएको जिल्ला अर्घाखाँचीमा सोमबार पहिलोपटक दुई जना कोरोना संक्रमित भेटिएका छन् ।
प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा दुई जनामा कोरोना देखिएकाे हाे । संक्रमित दुईजना नै भारतबाट आएका थिए । पाणिनी गाउँपालिकाको पालीमा रहेको क्वारेन्टाईनमा रहेका दुई जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए।
उनीहरू पालीको कमला माविमा रहेको क्वारेन्टाईनका बसेका थिए। प्रदेश ५ का तराईका सबै ६ वटा जिल्लामा संक्रमण देखिएपनि पहाडी जिल्लामा संक्रमण देखिएको थिएन ।