अर्घाखाँचीका दुई युवामा सङ्क्रमणको आशंका: बुटवल रेफर गरियो
अर्घाखाँची- अर्घाखाँचीका दुई जनामा कोरोनका जस्तै लक्षण देखिएपछि बुटवल रेफर गरिएको छ ।
अर्घाखाँची अस्पतालमा कोरोना भाइरसको लक्षण देखिएपछि दुई जनालाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल रेफर गरिएको हो ।
रिफर हुनेमा शीतगंगा नगरपालिकाको सितापुरका २४ वर्षीय युवा र मालारानी गाउँपालिका खनका १९ वर्षीय एक युवकलाई मंगलबार साँझ रेफर गरिएको अर्घाखाँची अस्पताल स्रोतले बताएको छ ।
केहिदिन अगाडी उनीहरू भारतबाट आएको बताइएको छ । गर आएका उनीहरु गाउँमा बिरामी भएका थिए । कोरोना भाइरसको त्रास बढिरहेका बेला मिल्दोजुल्दो लक्षण देखिएपछि
उनीहरूलाई थप जाँच गर्न बुटवल पथाइएको छ ।