चौतर्फी आलोचनापछि सांसद अपहरण काण्डको जाहेरी प्रहरीले दर्ता गर्ने - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

चौतर्फी आलोचनापछि सांसद अपहरण काण्डको जाहेरी प्रहरीले दर्ता गर्ने



काठमाडौं- चौतर्फी आलोचना र बिबाद बढेपछि समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादव अपहरण काण्डको जाहेरी प्रहरीले दर्ता गर्ने भएको छ । आइतबार मात्र आफ्नो कार्यक्षेत्र नभएको भन्दै महानगरीय प्रहरीले जाहेरी दिन गएको टोलीलाई फर्काएको थियो ।

सांसद यादवले सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध आइतबार किटानी जाहेरी दिएका थिए । तर, काठमाडौं प्रहरीले महोत्तरी प्रहरीको कार्यक्षेत्र भन्दै जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो ।

जाहेरी नलिएपछि ब्यापक बिरोध भैरहेको र प्रहरी नै बिबादमा तानिएपछि प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले यो घटनाको जाहेरी प्रहरीले दर्ता गर्ने बताएका छन् ।

महानगरीय प्रहरीमा उनकै भाइ स्याम ज्ञवालीले भने जनता समाजवादी पार्टीको टोलीलाई आफूले कुनैपनि हालतमा जाहेरी दर्ता गर्न नसक्ने भन्दै फर्काएका थिए ।

यो भन्दा पहिले पनि कार्यक्षेत्रभन्दा बाहिरका जाहेरी काठमाडौंबाट नै लिएका धेरै उदाहरण भएको भन्दै प्रहरीले माथिको आदेशमा लिन नमानेको आरोप लाग्दै आएको छ । काठमाडौं प्रहरीले जाहेरी नलिएपछि कसरी अगाडि बढ्नेबारे जनता समाजवादी पार्टीका नेताहरु छलफलमा छन् ।

जनता समाज्वादीका केही नेताहरु महोत्तरी जानुपर्ने पक्षमा छन् । सांसद यादवका कानून व्यवसायी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा गएर जाहेरी दर्ता गर्न सुझाव दिएका छन् ।

महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले सांसद यादवलाई काठमाडौं लैजान सघाएका थिए । दुई सांसद र पूर्व आईजिपीलाई होटलमा राख्नेदेखि सांसद यादवको लोकेसन पत्ता लगाउने काम उनले गरेका थिए । त्यसकारण महोत्तरी प्रहरीमा जान समेत पीडित यादव डराएका छन् ।