अनेरास्ववियु क्याम्पस कमिटीद्वारा रक्तदान - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

अनेरास्ववियु क्याम्पस कमिटीद्वारा रक्तदान



बुटवल । रुपन्देहीको भलवारी स्थित लुम्बिनी इन्जिनियरिङ्ग कलेजमा अनेरास्ववियु क्याम्पस कमिटीले सोमबार  रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

अनेरास्ववियु क्याम्पस कमिटीका कार्यबाहक अध्यक्ष कृष्ण खनालको अध्यक्षता तथा अनेरास्ववियु जिल्ला कमिटीका अध्यक्ष बालकृष्ण पाण्डे, जिल्ला सदस्य तथा क्याम्पस इन्चार्ज आशिष पाठक, जिल्ला सदस्य तथा सम्पर्क विभाग प्रमुख नारायण पराजुली, राममणी क्याम्पस कमिटीका सचिव योगेश पराजुली लगायतको उपस्थितिमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक गणेश श्रेष्ठले बताएका छन् ।

रेडक्रस सोसाइटी रक्तसञ्चार इकाई भैरहवाका हरिप्रसाद सापकोटा, संगिता शर्मा र प्रिति थापाको सहयोगमा भएको उक्त कार्यक्रमको सुरुवात संगठनका जिल्ला अध्यक्ष बालकृष्ण पाण्डेबाट रगत निकालेर उद्घाटन गरिएको थियो भने कार्यक्रमको संचालन मनिष भण्डारीले गरेका थिए ।