अमेरिकामा करोड नपुगी कोरोना रोकिन्न: डब्लुएचओ
एजेन्सी–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड १५ लाखसम्म पुग्ने अनुमान गरेको छ।
यो संक्रमणबाट अमेरिकामा मृत्यु हुनेहरुको संख्या ४ लाख पुग्ने पनि डब्लुएचओको अनुमान छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा हालसम्म ५४ लाख ७९ हजार ७ सय ८८ जना संक्रमित भएका छन् भने १ लाख ७१ हजार ६ सय ८७ जनाको मृत्यु भइसकेको छ।
त्यसमा सबैभन्दा बढी न्युयोर्कमा ३२ हजार ८ सय ५७ जनाको मृत्यु भएको छ।
विश्वभर कोरोनाबाट २ करोड २० लाख ४६ हजार १ सय ३५ जना संक्रमित भइसकेका छन् भने ७ लाख ७८ हजार ५ सय ५७ जनाको मृत्यु भइसकेको छ।