अख्तियारले भन्यो: कर्मचारीको तलब नबढाए भ्रष्टाचार रोकिन्न - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

अख्तियारले भन्यो: कर्मचारीको तलब नबढाए भ्रष्टाचार रोकिन्न



काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीको तलव नबढाए भ्रष्टाचार नरोकिने निष्कर्ष निकालेको छ ।

राष्ट्रसेवक कर्मचारीको तलबमान कम भएको कारण भ्रष्टाचार बढेको भन्दै कर्मचारीको तलब वृद्धि गर्न अख्तियार ले सरकारलाई सुझाव समेत दिएको छ ।

सोमबार आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल गर्दै राष्ट्रसेवक कर्मचारीको तलबमान कम हुँदा भ्रष्टाचार नियन्त्रणमा कठिनाइ भएको बताएको हो ।

प्रतिवेदनमा भनिएकाे छ-‘भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको धारा ७ अन्तर्गत राज्यको आर्थिक विकासको गतिलाई ध्यानमा राख्दै कर्मचारीहरुको पर्याप्त पारिश्रमिक र न्यायोचित तलबमान अभिबृद्धि गर्नमा जोड दिइएको छ ।

भ्रष्टाचारजन्य कार्य नियन्त्रणका लागि कार्यालय सहयोगी वा सो सरहको कर्मचारीलेसमेत आफ्नो परिवारको आधारभूत आवश्यकता परिपूर्ति गर्नसक्ने गरी यथोचित तलब लगायत आवास, शिक्षा, स्वास्थ्य जस्ता सुविधाको व्यवस्था गर्ने र वार्षिक मूल्यबृद्धिको अनुपातमा स्वत: अभिबृद्धि हुने व्यवस्थासमेत गर्ने ।’