अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि



काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरुमा गरिएको कोरोना परीक्षणमा १५ जनामा पोजिटिभ देखिएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसमा स्वाब संकलन गरेको थियो ।

१ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा संक्रमण देखिएको हो । महाशाखाका महानिर्देशक डा. वासुदेव पाण्डेका अनुसार संक्रमण देखिएकामा अख्तियारमा कार्यरत सुरक्षाकर्मीको संख्या धेरै छ । ‘हामीले पाएको प्रारम्भिक जानकारी अनुसार १५ जनामा संक्रमण देखिएको छ । त्यसमा सुरक्षाकर्मीको संख्या धेरै छ ।’

महाशाखाले आज प्रधानमन्त्री निवास बालुवाटारभित्र स्वाब संकलन गर्दैछ ।