सापकोटा निर्विरोध, अदालतको मुद्दा हेर्न नमिल्ने - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

सापकोटा निर्विरोध, अदालतको मुद्दा हेर्न नमिल्ने



काठमाडौं- नेकपाका नेता अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सु्नुवाइ ‘हेर्न नमिल्ने’ मा परेको छ ।

न्यायाधीश हरि फुयाँलको बेञ्चमा पेशी तोकिएको थियो ।

सर्वोच्चको न्यायाधीश हुनुअघि नै फुयाँलले कानुन व्यवसायीको हैसियतले सोही मुद्दामा बहस गरेका कारण सापकोटाको मुद्दा ‘हेर्न नमिल्ने’ मा राखिएको हो ।

अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख बनाउन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चले उक्त मुद्दालाई हेर्न नमिल्नेमा राखेपछि सभामुखमा सापकोटा निर्विरोध निर्वाचित हुने पक्का भएको छ । आजै ३ बजे बस्ने प्रतिनिधिसमा बैठकले उनलाई सभामुखमा निर्वाचित गर्ने तयारी छ ।

सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा मुद्दा छ ।