सफलता चुम्दै एडीलेडको एनका जेम्स अण्डर-१० - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

सफलता चुम्दै एडीलेडको एनका जेम्स अण्डर-१०



अस्ट्रेलिया- साउथ अस्ट्रेलियामा रहेको एडीलेड नेप्लिज क्रिकेट एशोसीयसन (एनका) स्थापनाकालको सुरुवाती दिनहरुमा युवाहरु लक्षित क्रिकेट कार्यक्रमहरु संचालन गर्दै आएको थियो। कुशल व्यवस्थापनका कारण छोटो समयमा सफलता प्राप्त गर्दै गएको यस एशोसीयसनले आफ्नो दायरालाई फराकिलो गर्दै महिला र बालबालिकाहरु लक्षित कार्यक्रमहरु समेत संचालन गर्दै आएको छ ।

साउथ अस्ट्रेलियामा रहेका धेरै समुदायका क्रिकेट सँस्थाहरुमा आफुलाई अग्रपंक्तिमा उभ्याएर एनकाले साउथ अस्ट्रेलियन क्रिकेट एशोसीयसनको मन जित्न समेत सफल भएको छ । प्रिमियर अफिसका लागि सहायक मन्त्री जिंग ली यस एशोसीयसनको दुत रहेकी छन् रहेकी छन् भने अस्ट्रेलियन पाराल्याम्पिक खेलाडी कट्रिना वेब्ब सल्लाहकार रहेकी छन् ।

सन २०१५ देखी बालबालिकाहरु लक्षित क्रिकेट कार्यक्रमहरु संचालन गर्दै आएको छ। हरेक सत्रमा वुलवर्थ क्रिकेट ब्लास्ट कार्यक्रम संचल गर्दै आएको हो। बालबालिकाहरुको क्रिकेट क्षेत्रमा रुचि बढ्दै गएको हुदा एनकाले गएको सत्रदेखि अन्डर-१० एनका जेम्स टिम समेत निर्माण गरेको छ।

एनका जेम्स टिमले साउथ सेन्ट्रल जुनियर क्रिकेट एशोसीयसन अन्डर-१० टुर्नामेन्ट खेल्दै आएको छ। गएको सत्रमा १३ लिग खेलमा एनका जेम्सले १० खेलमा जित हात पारेका थिए।

साउथ अस्ट्रेलियन क्रिकेट एशोसीयसनका ओलिभर ग्रहमले एनकाले क्रिकेटमा माध्यमबाट बालबालिकाहरुको अतिरिक्त क्रियाकलापमा खेलेको भूमिकाको प्रसंशा गरेका छन। एनका अध्यक्ष विजय जोशीले अस्ट्रेलियाको राष्ट्रिय टिममा एक दिन यिनै जेम्सहरु पुग्ने बताए। जुनियर बलास्टर, मास्टर बलास्टर, अन्डर १०-१२-१४-१६ हुदै प्रिमियर, स्टेट हुदै एक दिन अस्ट्रेलियाको राष्ट्रिय टिमसम्म पुग्ने आशा राखेका छन्। जोशीका अनुसार एनका जेम्समा नेपाली समुदायसँगै अन्य समुदायबाट समेत बालबालिकाहरु रहेका छन् ।