भारतलाई राजेश हमालको जवाफ: एक सार्वभौम राष्ट्रमाथि आँखा नदेखाउ - Himal Post Himal Post
  • २७ फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 11 2025
Logo

भारतलाई राजेश हमालको जवाफ: एक सार्वभौम राष्ट्रमाथि आँखा नदेखाउ



काठमाडाैं- अभिनेता राजेश हमालले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएकोले भारतले यसलाई स्वीकार्नुपर्ने बताएका छन्। हमालले आफ्नो फेसबुक पेजमा एक भिडियो राख्दै भारतले एक सार्वभौम राष्ट्रमाथि आँच न पुर्‍याउन आग्रह गरेका हुन्।

‘लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग हो। नेपालसँग यसको पूरा प्रमाण छ। हामी नेपाली विनम्रताका साथ अनुरोध गर्छौ कि भारतले तथ्य स्वीकार्नुपर्छ,’ उनले भनेका छन्, ‘भारतले तथ्य र तथ्यांकलाई राम्रोसँग हेर्नुपर्छ।’

हमालले भारतले सत्य र तथ्यलाई नमानेको आरोप पनि लगाएका छन्। उनले अहिलेका नेपाली युवाहरू शिक्षित, सचेत भएको र नेपालीले न्याय अन्याय छुट्याउन सक्ने पनि बताएका छन्। ‘पहिले हामी बोलेनौं तर अहिलेका युवाहरू निकै सचेत र शिक्षित भएका छन्,’ उनले भनेका छन्, ‘नेपालीले यतिबेला न्याय र अन्याय छुट्याउन सक्ने भएकाले भारतको विरोध भइरहेको छ।’