‘कन्ट्राक्ट किलर’लाई १२ लाख दिएर आमाको हत्या गराउने छोरीसहित चारैजनालाई जन्मकैद - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

‘कन्ट्राक्ट किलर’लाई १२ लाख दिएर आमाको हत्या गराउने छोरीसहित चारैजनालाई जन्मकैद



काठमाडौं– भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बाँसबारीमा बस्दै आएकी ६१ वर्षीया सावित्री भट्टराईको हत्यामा संलग्न उनकै छोरी इश्वरीसहित चारै जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

जिल्ला अदालत भक्तपुरका न्यायाधीश डा प्रकाश उप्रेतीको इजलासले पक्राउ परेका सावित्रीकी छोरी इश्वरी, उनका प्रेमी मोहम्मद नौसाद, हत्यामा संलग्न भारतीय नागरिक भोला कुमार र भारतकै मोहम्मद रहिशलाई बिहीबार जन्मकैदको फैसला सुनाएको हो ।

गत असार १५ गते सावित्रीको हत्या भएको थियो । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ घर भई भक्तपुरको चाँगुनारायण–७, बाँसबारीस्थित छोरी इश्वरी भट्टराईको घरमा आमा सावित्री बस्दै आएकी थिइन् ।

सोही बेला आफ्नो प्रेम खुल्ने डरले उनले इश्वरीकै योजनामा आमाको घाँटी रेटर हत्या गरिएको थियो ।

हत्या भएपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरी इश्वरीले आफ्ना प्रेमी सिरहाको कल्याणपुर नगरपालिका–४ घर भई हाल भक्तपुरको पुरानो ठिमीमा बस्दै आएका २३ वर्षका मोहम्मद नौसादसँग मिलेर हत्या गरिएको भन्दै उनीहरुलाई पक्राउ गरेको थियो ।

२७ वर्षीया इश्वरीको मोहम्मदसँगको सम्बन्धका बारेमा आमा सावित्रीलाई थाहा भएपछि सो कुरा बाहिर नआओस् भन्न आमाको हत्या गराएको इश्वरीले स्वीकारेकी थिइन् ।

इश्वरीले आफ्ना प्रेमी मोहम्मदसँग सल्लाह गरी आमाको हत्या गर्न १२ लाख रुपैयाँको सुपारी दिएकी थिइन् । यसका लागि मोहम्मदले भारतको पूर्वी दिल्लीस्थित दुभौली पञ्चायतको नयाँ अशोकनगरका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमारको सहयोग लिएका थिए।

यी दुवैले भारतकै मधुवनी जिल्ला रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिशलाई हत्या गर्न सुपारी दिएका थिए।

सावित्रीको असार १५ गते घाँटी रेटेर हत्या गरेको अवस्थामा छोरी इश्वरीको घरमा शव फेला परेको थियो।

यस्तो थियो घटना

‘कन्ट्राक्ट किलर’लाई १२ लाख दिएर छोरीले गराइन आमाको हत्या