चर्को आलोचना र बिरोधपछि भारतमा अलपत्र नेपालीबारे राजदूतले मुख खोले - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

चर्को आलोचना र बिरोधपछि भारतमा अलपत्र नेपालीबारे राजदूतले मुख खोले



काठमाडौं- भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले आफू विवादमा तानिएपछि भारतमा सङ्कटमा परेका नेपालीको बारेमा मुख खोलेका छन् ।

पछिल्लो समय दुतावासले नगरेको, फोन नउठाएको र राजदूतले समेत विवादास्पद अभिव्यक्ति दिएको भन्दै भारतमै बस्ने नेपालीहरूले आवाज उठाएपछि उनि हच्किएका हुन् ।

भारतमा अलपत्र नेपालीहरूलाई दुतावासले कुनै मतलब नगरेको भारतमा कष्टकर जीवन बिताइरहेका नेपालीहरू नेपालीहरूले नै गुनासो गर्ने गरेका छन् । दूतावासका कर्मचारीहरूले फोन समेत उठाउन छाडेको उनीहरूले आरोप लगाइरहेका बेला राजदूत आचार्यले विभिन्न मिडियामा नेपालीहरूले भारतमा दुख नपाएको र हल्ला मात्र धेरै गरेको भन्दै उनीहरूकै खिल्ली उडाएका थिए ।

अहिले भने मिडिया देखि सामाजिक सन्जालमा उनको चर्को आलोचना र बिरोध भएपछि बोली फेरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भारतमा नेपालीले दुख पाएको स्वीकार गरेका छन् भने उनीहरूलाई ल्याउन सरकारले पहल गर्नुपर्ने पनि लेखेका छन् ।

अहिले भने उनले लकडाउनका कारण भारतमा अलपत्र परेका नेपाली नागरिकहरुलाई नेपाल फर्कने वातावरण बनाउनुपर्ने बताएका छन्।

उनले सामाजिक सञ्जाल ट्विटरमा सो धारणा व्यक्त गरेका हुन्।

‘लकडाउन र नेपाल–भारत सीमाबन्दको अहिलेको अवस्थामा भारत प्रवासमा रहेका नेपाली मजदूर, विद्यार्थी, पर्यटक र अन्यको जीवन बढ्दो कष्टकर बन्दैछ,’ आचार्यले ट्विटरमा लेखेका छन्, ‘विपतको यो समयमा नेपाल फर्कन चाहनेहरूलाई फर्कने सुरक्षित वातावरण बनाउनुपर्छ।’

त्यस्तो व्यवस्था नहुँदासम्म कष्ट कठिनाई कम गर्ने दूतावासका प्रयास बढाउन आफू सजग रहेको उनले बताएका छन्।

हाल हजारौं नेपाली भारतका विभिन्न क्षेत्रमा अलपत्र परेका र निकै कठिनाईमा परेका खबरहरु सार्वजनिक भइरहेका छन्।

भारतमा लाखौं नेपालीहरु काम गर्न, अध्ययन, उपचार तथा अन्य बिभिन्न प्रयोजनका लागि रहने गरेका छन्।

त्यतिमात्र होइन महिनौं देखि सीमानाकामा अलपत्र परेर सहयोग र उद्दारको याचना गरिरहेका नेपालीको संख्या पनि ठुलो छ ।