आफ्नै गाउँले युवतीको हत्या गरेको अभियोग लागेका युवालाई युएईमा आजीवन कारावास - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

आफ्नै गाउँले युवतीको हत्या गरेको अभियोग लागेका युवालाई युएईमा आजीवन कारावास



काठमाडौँ । आफ्नै गाउँले युवतीको हत्या गरेको अभियोग लागेका भोताङ–८, सिन्धुपाल्चोकका ३१ वर्षीय बुले तामाङलाई संयुक्त अरब ईमिरेट्स (युएई) को प्रारम्भिक अदालतले आइतबार आजीवान कारावासको फैसला सुनाएको छ ।

गत २० मेमा दुवईस्थित ईमिरेट्स हिलको भिल्लामा उनले भोताङ–८ की २५ वर्षीया लप्साङ तामाङको हत्या गरेको भन्दै अदालतले यस्तो सजाय सुनाएको हो। तामाङलाई दुवईको अल अवीर केन्द्रीय कारागारमा राखिएको छ। अदालतले उनलाई १५ दिनभित्र पुरावेदन गर्नको लागि मौका दिएको छ।

उनलाई सजाय भुक्तान गरेपछि युएईबाट निष्कासन गर्नसमेत आदेश दिइएको भएपनि काराबास सजाय कति वर्षमा पूरा हुन्छ भन्ने खुलाइएको छैन।

बुलेले भने लप्साङलाई मार्ने उद्देश्य आफ्नो नभएको बयान अदालतसमक्ष दिएका थिए। छुट्टीको दिनमा लप्साङ बुले कार्यरत स्पोन्सर (साहु) को घरमा दिउसो पुगेको र त्यही उनीहरुबीच विवाद हुँदा बुलेले लप्साङलाई धेकेली दिदाँ शौचालयको भित्तामा ठोकिएर मुत्यु भएको युएई प्रहरीले दावी गरेको छ।

पाकिस्तानी सफाई कामदारले घटनाको भोलिपल्ट बिहान युवतीको शब फोहोर राख्ने ठाउँमा फेला पारेका थिए। अबुधाबीस्थित नेपाली दूतावासका प्रवक्ता कृष्ण अर्यालले वुले तामाङसँग छिट्टै जेलमा गएर भेट्ने तयारी गरेको बताए।

लप्साङ चार वर्षदेखि दुबईमा थिइन्। गत फेब्रुअरीदेखि उनी के पप चिकेन कम्पनीमा सेल्स गर्लका रुपमा काम गर्न गएकी थिइन्। उनी त्यस कम्पनीका सञ्चालक कोरियन नागरिक लुको घरमा कार्यरत थिइन्। कान्तिपुर दैनिकबाट