उपसभामुखमा वामबाट तुम्बाहाम्फे र कांग्रेसबाट भुसालद्वारा उम्मेदवारी दर्ता
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपसभामुखमा उम्मेदवारी लिएको छ । कांग्रेस सांसद पुष्पा भुसालले उम्मेदवार दर्ता गराएकी हुन् ।
अर्घाखाँचीकी भुसाल समानुपातिक सांसद हुन् । २०३६ सालमा नेवि संघबाट राजनीति सुरु गरेकी उनी पहिलो संविधानसभामा पनि सांसद थिइन् ।
वाम गठबन्धनबाट भने एमाले सांसद शिवमाया तुम्बाहाम्फेले उम्मेदवारी दर्ता गरेकी छन् ।माओवादीका कृष्णबहादुर महरा सभामुख बनेपछि उपसभामुख एमालेको भागमा परेको हो । सरकारमा जाने तयारीमा रहेको फोरमले पनि उपसभामुख दावी गरेको थियो ।
उपसभामुखको उम्मेदवारी दर्ताका लागि दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।