बुटवल देखि दिल्ली आउदै गरेको बस दुर्घटना ! - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

बुटवल देखि दिल्ली आउदै गरेको बस दुर्घटना !



नयाँ दिल्ली 

बुटवल देखि दिल्ली आउदै गरेको बस दुर्घटना भएको छ ।सुपा देउराली टुर एण्ड ट्रावल्सको गाडी नम्बर लु  १ ख  ८७४२  को कामना बसमा  ४१ जना सवार थिए । उत्तर प्रदेशको रामपुर भन्ने  ठाउमा  बिहान ६ बजे उक्त गाडी दुर्घटना भएको हो ।

गाडी आफै पल्टिएको हो कतै ठोकिएको हैन समितिका राजु कुवरले हिमाल पोस्टलाई बताए ।गाडीमा सवार सामान्य घाईते भएका छन् कुनै मानवीय क्षति नभएको थप बताए ।घाईतेको उपाचार रामपुर सरकारी हस्पिटलमा गरी फर्केका छन् ।करिब चार जना भने एक्सरेको रिपोर्ट आउन बाकीं भएकाले हस्पिटलमै रहेका छन् ।