UPDATE ! केएमसीमा लगिएका २५ मध्ये आठ जना मृत - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

UPDATE ! केएमसीमा लगिएका २५ मध्ये आठ जना मृत



काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको युएस बाङ्ला एयरलाइन्सको विमानबाट उद्धार गरिएका घाइतेहरुलाई काठमाडौंका विभिन्न अस्पतालमा लगिएको छ।

घाइते यात्रुहरुको नर्भिक अस्पताल थापाथली, काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल लगायतका अस्पतालमा लगेर उपचार भइरहेको छ। केएमसीमा नेपाली र बंगलादेशी गरी २५ यात्रुलाई लगिएकोमा त्यसमध्ये ८ वटा शव रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

केएमसीमा उपचाररत १७ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

यस्तै, नर्भिक अस्पतालमा चार जना घाइतेको उपचार भइरहेको छ। अस्पतालका अनुसार तीमध्ये दुई जनाको अवस्था गम्भीर छ।