BREAKING ! त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना - Himal Post Himal Post
  • ९ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 21 2025
Logo

BREAKING ! त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना



सोमबार दिउँसो सवा २ बजेको समयमा बंगलादेशको राजधानी ढाकाबाट आएको युएस ब‌ंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि भीषण आगो लागेको छ । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

तर जहाज दुर्घटनामा परेर आगलागी भएपछि अग्निनियन्त्रकको ठुलो टोली विमानस्थलको धावनमार्गमा आगो निभाउन परिचालित भएको छ । यात्रुसहितको विमान दुर्घटनामा परेकाले हताहती हुन सक्ने अनुमान गरिएको छ  ।

विमान अनियन्त्रित भएर आएको थियो । अहिले विमानमा आगो लागेको  बताइएको छ  ।

विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ ।

उद्दार कार्य जारी छ ।

 

थप विवरण आउन बाँकी छ ।