नेतादेखि पत्रकारसम्मलाई जेल हाल्ने मात्रिका यादवको तयारी
काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृकाप्रसाद यादवले आफु कमिसनतन्त्र र भ्रष्टाचारको अन्त्य गर्ने अभियानमा लाग्ने बताएका छन् ।
उनले देशबाट भ्रष्टाचारको अन्त्य गर्न जस्तोसुकै कदम चाल्न सक्ने बताए । राष्ट्रलाई क्षति पुर्याउनेलाई छुट नहुने भन्दै मन्त्री यादवले पहिलाको जस्तो भ्रष्टाचारीले सजिलै उम्कन नपाउने बताए । ‘राष्ट्रलाई क्षति पुर्याउनेलाई छुट हुँदैन,’ मन्त्री यादवले खबरडबलीसँग भने, ‘पहिलाको जस्तो समय अहिलेको होइन ।’
यादवले नेपाल आयल निगममा रहेर बदनाम भइसकेका गोपाल खड्कालाई अब निगमको नेतृत्व नदिने समेत बताए । राम्रै मान्छे भए पनि बदनाम भइसकेपछि अब खड्का योग्य हुन नसक्ने उनले बताए ।
यादवले कमिसनतन्त्र र भ्रष्टाचारको समर्थन गर्ने पत्रकारदेखि नेतासम्मलाई नछोड्रने बताए । उनले भ्रष्टाचार गर्ने भन्दा भ्रष्टाचारको समर्थन गर्ने गर्नेहरुले मुलुक बिगारेको भन्दै देश बिगार्ने छुट कसैलाई नभएको बताए ।
मन्त्री यादवले अहिलेको सरकारले देश र जनताप्रति प्रतिवद्ध भएर काम गर्ने जिकिर गरे ।