कान्तिपुरविरुद्धको मुद्दा न्यायाधीशले गरे बहिष्कार - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

कान्तिपुरविरुद्धको मुद्दा न्यायाधीशले गरे बहिष्कार



काठमाडौं-कान्तिपुरविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीकै नेतृत्वमा बनेको बृहत पूर्ण इजलाशका एक सदस्य न्यायाधीश चोलेन्द्रशमशेर राणाले अवकाश भइसक्नुपर्ने व्यक्तिसँग बसेर न्यायसम्पादन गर्न मिल्दैन भन्दै फरक मत प्रस्तुत गरेपछि आजको इजलास स्थगित भएको हो।

न्यायाधीश राणाले फरक मत राखेपछि इजलाश स्थगित भएको हो। मुद्दाको सुनुवाइको दोस्रो दिन ११ बजे सुरु हुनुपर्ने इजलास सवा १२ बजेसम्म बस्न सकेको थिएन। त्यही बीचमा इजलासका सदस्य रहेका चोलेन्द्रशमशेर इजलासमा प्रवेश गरेर मुद्दाका सवालमा आफ्नो फरक मत राखेका थिए।