त्रिनेत्र ग्रामीण विद्युत सहकारी संस्थाको ७ औ वार्षिक साधारण सभा सम्पन्न । - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

त्रिनेत्र ग्रामीण विद्युत सहकारी संस्थाको ७ औ वार्षिक साधारण सभा सम्पन्न ।



उमेश थापा / कैलाली ।

लम्किचुहा नगरपालिका वडा न:- ८ मा रहेको त्रिनेत्र ग्रामीण बिद्युत सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा शनिवार सप्पन्न भएको छ । संस्थाका अध्यक्ष जयराम चौधरीको सभापतित्वमा भएको कार्यक्रममा लम्किचुहा नगर उप-मेयर टीका थापा प्रमुख अतिथि रहनुभएको थियो त्यस्तै विशिष्ट अतिथिमा लम्किचुहा वडा न:- ८ का वडा अध्यक्ष पूर्ण बिस्ट रहनुभएको थियो।

संस्थाका लेखा संयोजक जनक विष्टले आर्थिक वर्ष २०७३/०७४ को करिब २३ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

साथै निर्वाचित वडा प्रतिनिधिलाई दोसल्ला प्रमाणपत्र सहित सम्मान गरिएको थियो।त्यस्तै संस्थामा नियमित बिधुत महसुल तिर्ने चौध सदस्य लाई सी •एफ •एल • चिम सहित पुरस्कृत गरिएको थियो।
कार्यक्रममा वडा सदस्य जयप्रसाद देवकोटा, पतिराम चौधरी , नवदुर्गा मा•बि• मल्भङ्गाका प्र•अ• बालकृष्ण चौधरी लगायतको उपस्थिति थियो।
संस्थाका सचिव भीम विष्टको स्वागत मन्तव्य सँगै सुरु भएको
कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक गोकर्ण प्रसाद भण्डारी गर्नुभएको थियो।