प्रधानमन्त्री ओलीले ढुंगेललाई थुनामुक्त गर्लान त ?
काठमाडौं-
बालकृष्ण ढुंगेललाई थुनामुक्त गर्न प्रधानमन्त्री केपी ओली समक्ष देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले माग गरेको छ ।
मोर्चाका संयोजक सीपी गजुरेललगायतको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगी ९४ बुँदे ज्ञापनपत्र बुझाएका थिए । सत्य निरुपण तथा मेलमिलाप आयोगबाट समाधान गर्ने सहमति भएपनि जनयुद्धकालिन मुद्दामा ढुंगेल जेलमा छन् ।
‘जनयुद्धकालीन मुद्दाहरुला सत्य निरुपण तथा मेलमिलाप आयोगबाट समाधान गर्ने सहमतिलाई दृढतापूर्वक कार्यन्वयन गरियोस । यसै सन्दर्भमा क बालकृष्ण ढुंगेललगायतका व्यक्तिहरुमाथि चलाएका मुद्दा फिर्ता लिई उहाँहरुलाई थुनामुक्ता गरियोस’, ज्ञापनपत्रको ९२ औं बुँदामा लेखिएको छ।
ज्ञापन पत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले ढुंगेललाई थुनामुक्त गर्ने नगर्ने बारे केहि नबताएपनि अहिले जनपक्षीय, देशभक्त र लोकतान्त्रिक सरकार भएकोले यसले सबै जनतालाई अवसर र सुरक्षाको प्रत्याभुती गराउने बताएका थिए ।