गरिब जनताको पहुँचको लागि शिक्षा,स्वास्थ्य क्षेत्रमा भएको ब्यापारिकरण रोक्न आवश्यक : रायमाझी - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

गरिब जनताको पहुँचको लागि शिक्षा,स्वास्थ्य क्षेत्रमा भएको ब्यापारिकरण रोक्न आवश्यक : रायमाझी



कमाल बिष्ट /अर्घाखाँची 

सन्धखर्क नगरपालिका वार्ड नं. २ का अध्यक्ष माेतिजङ्ग रायमाझीले ले शैक्षिक गुणस्तर बृद्धिकाे लागि शिक्षक,विद्यार्थी र अभिभाव बिच सुमधुर सम्बन्ध कायम गरेर अघि बढ्नुपर्ने बताउनु भयाे ।

भगवती माध्यमिक विद्यालय सन्धिखर्ककाे बधाई तथा शुभकामना कार्यक्रममा मन्तव्य राख्दै उहाँले वर्तमान शिक्षा प्रणालीमा व्यापक सुधारकाे खाँचो औँल्याउनु भयाे ।

रायमाझीले शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको व्यापारी करण नराेके सम्म गरिब जनताका छाेरा छाेरीले पढ्न सक्ने अवस्था नै नरहेको भन्दै निःशुल्क र अनिवार्य शिक्षाको विषयमा जाेडदिनु भयाे ।

विद्यालयका प्रधानाध्यापक श्यामबहादुर भुसालको अध्यक्षता र शाेभाखर पन्थीकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिबहरी पाैडेल, सदस्य द्वय भाेजबहादुर गन्धर्व, तुल्सी गैरे, सल्लाहकार लेखनाथ भुसाल , विष्णु ढुङ्गाना,शिक्षक कृण्ण प्रसाद भुसाल लगायतका वक्ताहरूले मन्तव्य राख्दै शैक्षिक गुणस्तर वृद्धिमा जाेडदिनु भयाे । कार्यक्रममा विद्यार्थीहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

यसबर्ष भगवती माध्यमिक विद्यालय बाट १२५ जना विद्यार्थी एस.ई.ई. परीक्षामा समावेश हुँदै छन् ।