१० महिनापछि उदाए विद्यासुन्दर
पत्रपत्रिका/नागरिक/काठमाडौं –
गत सोमबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य हातमा गैँटी बोकेर सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काउन पुगे ।
मेयरमा निर्वाचित भएको १० महिनापछि उनी मिचिएका सार्वजनिक जग्गा फिर्ता लिन कस्सिएका हुन् ।
सोमबार वडा नम्बर ३ स्थित होटल काठमाडौंले साढे ६ आना सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएको एकतले भवन भत्काउन उनले सघाए ।
मेयर शाक्यले अतिक्रमित सार्वजनिक जग्गा फिर्ता लिन वडाध्यक्षलाई बोलाएरै निर्देशन दिएका थिए ।
यसपछि सुरु अभियानको प्रारम्भकै महानगरले करिब तीन करोड रुपैयाँ मूल्य पर्ने जग्गा फिर्ता पाएको छ ।
‘सार्वजनिक जग्गा जनताको हितमा‘ नामक अभियान सुरु गरिएको हो ।
मेयर शाक्यले भने,
-२०७२ सालको भूकम्पले हामीलाई ठूलो पाठ सिकाएको छ ।
-सहरी सुन्दरता कायम गर्न, हरियाली बचाउन र आपतविपतमा आश्रय लिन पनि खुला स्थानको संरक्षण गर्न जरुरी छ ।