भोकमरीमुक्त मुलुक घोषणा गर्ने ओलीको उद्घोष
काठमाडौं-
प्रधानमन्त्री केपी ओलीले नेपालमा अब खान नपाएर कोही मर्नु नपर्ने बताएका छन् । ओलीले केही दिनभित्रै सरकारले नेपाललाई भोकमरीमुक्त मुलुक घोषणा गरिने पनि जनाए ।
साथै ओलीले पर्यटन क्षेत्रको विकासमा जोड दिँदै त्यसका लागि सडक र पर्याप्त होटल निर्माण गरिनुपर्ने बताएका छन् ।
ओलीले एकपटक नेपाल घुम्न आएको पर्यटकलाई फेरि आउने वातावरण बनाउन सकिए मुलुकले आर्थिक रुपमा फड्को मार्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ७ औं अन्तराष्ट्रिय व्यापार मेलाको बिहीबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले चन्द्रगिरी पुगेर आएको पर्यटक कलंकीको जाममा फसेपछि कहिल्यै नेपाल नफर्कने टिप्पणी गरे । एकपटक नेपाल घुमेर फर्केको पर्यटक फेरि आउने वातावरण बनाउनुपर्छ’, उनले भने, ‘चन्द्रागिरी डाँडामा पुगेको पर्यटक कलंकीको जाम सम्झेर फेरी नफर्कने स्थिति छ, यसमा सुधार ल्याउनुपर्छ ।’ नेपालको विद्यमान व्यापारघाटा अन्त्यका लागि निर्यात वृद्धि र पर्यटन प्रवद्र्धनमार्फत अर्थतन्त्र उकास्न जरुरी रहेको उनको भनाइ थियो ।
आफ्नो सरकारले काम गर्न सक्नेलाई काम गरेर खाने वातावरण निर्माण गर्ने र काम गर्न नसक्नेलाई सरकारले पाल्ने घोषणा गरे । भ्रष्टाचार र भ्रष्टाचारीलाई नछाड्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले घूस दिएर काम हुन्छ भन्ने मानसिकता त्याग्न व्यवसायीलाई आग्रह गरे । उनले आगामी पाँच वर्ष मुलुक विकासका लागि असाधारण समय हुने बताए । ‘