हेर्नुहोस, यसरी तुहियो राष्ट्रपति बन्ने झलनाथको सपना - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

हेर्नुहोस, यसरी तुहियो राष्ट्रपति बन्ने झलनाथको सपना



पत्रपत्रिका/जनता पाेस्ट/काठमाडौ-

पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा निर्वाचनकै क्रममा आफूलाई मुलुकको सर्वोच्च पद राष्ट्रपतिको उम्मेदवारका रूपमा उभ्याएका थिए।

मंसिरमा भएको निर्वाचनको मतदानपछि अाफू राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरेको थिए। तर, मंगलबार मध्यराति राष्ट्रपतिका उम्मेदवार बन्ने उनको चर्चा केवल चर्चामै सिमित भयो, जब एमाले स्थायी समिति बैठकले परानै अनुहार दोहोर्‍याउने निर्णय गर्‍यो।

राष्ट्रपतिको छनोट गर्ने एजेण्डासहित बसेको पार्टी स्थायी समिति बैठक बस्नुअघि आफू नै राष्ट्रपतिको उम्मेदवार रहनेमा खनाल ढुक्क थिए।

बैठकमा धारणा राख्ने क्रममा उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री भइसकेको दुई वाम पार्टीको एकता प्रक्रियामा भूमका खेलेको लगायत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोले अब सक्रिय राजनीतिबाट विश्राम लिँदै राष्ट्रपति बन्ने र मुलुकको अभिभावकत्व ग्रहण गर्न तयार रहेको बताए।

पछिल्लो समय एमालेभित्र राष्ट्रपतिको उम्मेदवारको मुद्दा पेचिलो बन्दै गएको थियो। आकांक्षीलाई लिएर एमालेभित्र नेता विभाजित भिए। तर, कसैले उनको प्रस्ताव नगरेपछि र समर्थन नजनाएपछि राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई निरन्तरता दिने निर्णय भयो।