नेजस नर्वेका बरिष्ठ उपासभापतीलाई विदाई
नर्वे : नेपाली जनसंपर्क समिती नर्बेका बरिष्ठ उपासभापती सुदिप राज पाण्डेलाई नेपाली जनसंपर्क समिती नर्बेका पदाधिकारी , सल्लाहाकार बिच गत शनिबार विदाई गरिएको छ।
करिब आठ बर्षको नर्बे बसाई पुरा गरी बरिष्ठ उपसभापती सुदिप राज पाण्डे नेपाल फर्कदै छन् । नेपाली जनसंपर्क समिती नर्बेको स्थापना गर्न देखी समितीलाई आजको उचाई सम्म पुराउन पाण्डेले खेलेको भूमिकाबारे चर्चा गर्दै नेजस नर्बेका सभापति जितेन्द्र बिक्रम शाहीले समितिको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।
उक्त बिधाइ समारोहमा समितिका सल्लाहाकारज्यूहरु शालिग्राम अर्याल, कुमार लामा, दीपेन्द्र अर्याल, लगायत समितिका उपाध्यक्षहरु केशव पुरी, मधुसुधन पौडेलले पाण्डेको प्रसंसा गरेका थिए । बरिष्ठ उपासभापती पाण्डे, समितिको पहिलो अधिबेशनबाट बरिष्ठ महामन्त्री हुँदै दोश्रो अधिबेशनमा निर्बिरोध बरिष्ठ उपासभापतीमा निर्बाचित भएका थिए ।
सरल र मिजासिलो स्वाभावका पाण्डे नर्बेमा रहेका सबै नेपाली र नेपाली समाज बिच उत्तिकै लोकप्रिय थिए ।