नेपाल एअरलाइन्सद्वारा अध्यागमना ‘सेटिङ’ गर्ने तीन कर्मचारी निलम्बन
काठमाडौं। भारतीय नागरिकलाई अवैध ढंगले हङकङ पठाउन संलग्न भएको आरोपमा नेपाल एअरलाइन्सले आफ्ना तीन कर्मचारीलाई निलम्बन गरेको छ।
नेपाल एअरलाइन्सका कर्मचारीहरूको मिलेमतो र आर्थिक सेटिङमा भारतीयलाई प्रस्थान अनुमति दिने विमास्थल अध्यागमन कार्यालयका अधिकृत नइन्द्र पौडेललाई समेत अध्यागमन विभागले फिर्ता बोलाएको छ।
पौडेलको अध्यागमनका अन्य कर्मचारीहरूसँगको कोक्सनबारे समेत अनुसन्धान भक्ष्रहेको छ। नेपाल एअरलाइन्सका कर्मचारीहरू विजय अधिकारी, घनश्याम चौधरी र हरि साहु सुनारलाई निलम्बन गरिएको हो। नेपाल एअरलाइन्सका प्रवक्ता रवीन्द्र श्रेष्ठले भारतीय नागरिकलाई अवैध ढंगले हङकङ पठाउने प्रकरणमा संलग्न आफ्ना तीन कर्मचारी निलम्बनमा परेको पुष्टि गरे। अध्यागमन अधिकृत पौडेलले अध्यागमन हधिकृत पौडेलले एअरलाइन्सका कर्मचारीले ‘सेटिङ’ गरेका चार भारतीयको आवश्यक कागजात नहेरी प्रस्थान अनुमति दिएका थिए।
दिनहुँझैं अध्यागमनमा सेटिङ हुने गरेको र त्यस्ता सेटिङ गुपचुप हुने गरेको स्रोतले बताएको छ। पौडेलले केही दिनअघि मात्र पनि सेटिङ गरेर भारतीय महिलाहरूलाई हङकङ पठाएका थिए। हकङले भारतीय नागरिकलाई अनअराइभल भिसा दिने र त्यसको फाइदा उठाउँदै भारतीय महिलाहरू कामका लागि नेपालको हवाइमार्ग हुँदै त्यहाँ जाने क्रम बढेको छ।