सिद्ध ने.रा.मा.विमा बिदाइ तथा शुभकामना प्रदान कार्यक्रम  सम्पन्न - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

सिद्ध ने.रा.मा.विमा बिदाइ तथा शुभकामना प्रदान कार्यक्रम  सम्पन्न



अर्घाखाँची :श्री सिद्ध ने रा मा बि मालारानी १ भणडारथुममा कक्षा ९ का विद्यार्थीद्वारा कक्षा १० का विद्यार्थीलाई बिदाइ तथा शुभकामना प्रदान कार्यक्रम  सम्पन्न भएको छ।

कार्यक्रम बिधालयका प्र अ रुद्रप्रसाद आचार्यको अध्यक्षता शिक्षक शेषकान्त गैरेको सञ्चालन र कक्षा ९ कि छात्रा सूचना पाण्डेको स्वागतमा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा एसईई  परीक्षा २०७४ मा सहभागी हुने कक्षा १० का सम्पूर्ण विद्यार्थीलाई अबिर माला र डायरी र कलम उपहार दिई बिदाइ गरिएको थियो ।

कार्यक्रममा बि ब्य स सदस्य गोपालप्रसाद सुवेदी सहायक प्र अ कलाधर पाण्डे शिक्षकहरू हिमाल आचार्य ढुनिराज खनाल ,दुर्गा पाण्डे ,कौशिला खनाल ,डिलाराम आचार्य ,मीन प्रसाद सुवेदी ,पशुपति आचार्य ,विद्यार्थीहरू मीन प्रसाद सुवेदी, सरोज आचार्य ,दीपा आचार्य ,आशिष् पाण्डे लगायतले शुभकामना दिनुभएको थियोे भने कार्यक्रममा नृत्य गीत र कविता वाचन समेत गरिएको थियोे ।