नयाँ शक्तिका नेता खिमलाल देवकोटा माओवादी केन्द्रमा प्रवेश गर्ने - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

नयाँ शक्तिका नेता खिमलाल देवकोटा माओवादी केन्द्रमा प्रवेश गर्ने



काठमाडौं: नयाँ शक्ति पार्टी नेपालका नेता खिमलाल देवकोटा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन्। देवकोटा मंगलबार माओवादी केन्द्रमा प्रवेश गर्न लागेका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देवकोटा लगायतका नेताहरुलाई मंगलबार दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको माओवादी केन्द्रका कार्यालय सचिव प्रल्हाद बुढाथोकीले नेपाल खबरलाई जानकारी दिए।

देवकोटा जनयुद्धकालीन माओवादी नेता हुन्। माओवादीबाट अलग भएर डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेपछि उनी त्यतै लागेका थिए। उनी जनयुद्धकालदेखि नै भट्टराईको नजिक रहेर काम गर्दै आइरहेका थिए।

यसअघि नयाँ शक्तिबाट देवेन्द्र पौडेलसहितका नेताहरु माओवादी केन्द्रमा फर्किसकेका छन्।