सिरहाका ४०  वर्षीया सुशील भारतको हरियाणामा बेपत्ता - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

सिरहाका ४०  वर्षीया सुशील भारतको हरियाणामा बेपत्ता



नयाँ दिल्ली 

भारतको राजधानी दिल्ली नजिक रहेको हरियाणा राज्यको गुडगावमा एक नेपाली अधबैशे पुरुष  बेपत्ता भएका छन्। सिरहा, नेपाल स्थायी ठेगाना भएका ४०  वर्षीया सुशील बस्नेत गत १५  फेब्राुरीदेखि सम्पर्कविहीन हुँदा आफन्तजनहरु भवविहल भएका छन् ।

पत्नी र छोराछोरीलाई नेपाल छाडेर भारतको राजधानीमा रोजगारी गर्न गएका सुशील बस्नेत एक्कासि बेपत्ता भएपछि आफन्तहरूले खोजतलाशी तीव्र पारेका छन् । तर अहिलेसम्म कतैबाट पनि खबर नलागेपछि खोजतलासका लागि गुहार लगाएका छन् ।

दिल्लीको छत्तरपुरमा काम गर्दै गरेका गुडगावबाट नेपाल जाने एक जना साथी मार्फत नेपाल पैसा पठाउन गुडगाव पुगेका थिए । यद्धपी उनले पठाएको पैसा भने नेपाल पुगिसकेको भए पनि उनको अहिलेसम्म खबर थाहा हुन सकेको छैन । यदि तपाइहरूले  देखाइएको फोटोमा रहेका व्यक्तिलाई कतै देख्नु भयो भने 9811211809 र 9711886078 मा फोनगरि जानकारी गराइदिन बेपत्ता सुशील बस्नेतका ज्वार्इं दिलीप लामा र नारायण थापाले आग्रह गरेका छन् ।